sevenstartv.com १६ असार २०८३, मङ्गलवार

आजदेखि वीपी राजमार्ग राति १० घण्टा बन्द हुने

३० असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले सूचना जारी गर्दै आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल-चौकीडाँडा-बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । 

चौकीडाँडा-बर्षेखोला खण्ड पुर्ण रुपमा बगाएकोले हाल ट्याक निर्माण गरी यात्रुवाहक सवारी साधनहरुको लागि मात्र आवागवन खुलाइएको छ ।