sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार

२९ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाण्डौ । यस वर्षको दशैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार पाँच सय वटा भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएको हो । मुस्ताङका किसानले उमेर र तौल अनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजार रुपैयाँका दरले च्याङग्रा बेचेका ।

सरदर मूल्यअनुुसार १६ करोड रुपैयाँ बराबरको च्याङग्रा बिक्री भएका अर्यालले बताउनुभयो । गएको वर्ष सात हजार वटा भेडाच्याङग्रा बिक्री भएका थिए । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाण्डौलगायतका जिल्ला तथा शहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ ।

अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीहरुले बताएका छन् । विगतमा च्याङग्रा महँगो हुँदा व्यापार घटेको थियो ।

जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले  दशैँतिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताउनुभयो । तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्