बाढीपहिरो अपडेट : अहिलेसम्म २४४ जनाको मृत्यु
काठमाडौं । असोज ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरामा परेर मृत्यु हुनेको संख्या २४४ पुगेको छ । १९ जना बेपत्ता भएका छन् भने १७९ जना घाइते भएका छन् ।
बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।








