sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो

१७ असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ । गत शुक्रबार र शनिबारको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा करिब २ किलोमिटर सडक कामै नलाग्ने गरी सुनकोशी र रोशीले बगाएको छ ।

बीपी राजमार्ग मर्मतसम्भार चलिरहेको अवस्थामा अहिले पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई परेको हो । यी दुई राजमार्ग पनि दुरुस्त छैनन् । नागढुंगाबाट ओरालो लागिसकेपछि ३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्रबाटै सडकको दुर्दशा सुरु हुन्छ।
त्यहाँ नपुग्दै काठमाडौंबाट बाहिरिने गाडीको जाम सुरु हुन्छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग प्रयोग गर्ने सवारीसाधन चालकहरूलाई सचेत गराइरहेको छ ।

त्रिभुवन राजपथदेखि नै सडकका दायाँबायाँ धेरै ठाउँमा ट्राफिक प्रहरी खटिएका छन् ।  झ्याप्ले खोला, नागढुंगा(नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं। नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त छ । पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा सवारी साधनहरूको अत्यधिक चाप रहेको पनि छ । 

'पहिरोले क्षतिग्रस्त सडकमा लामो जाम हुने गरेको छ । पूर्वजाने साना सवारी पनि यही राजमार्गबाट गइरहेकाले चाप धेरै बढेको छ’, उनले भने, ‘जाम हुने हुँदा सवारी चालकहरूले आ-आफ्नो लेन अनुशासन पालना गर्नु आवश्यक छ । लेन अनुसाशन पालना नहुँदा पनि जाम झन् बढ्ने अवस्था अहिले देखिएको छ । ’