हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । दक्षिण झापाको हल्दिबारी गाउँपालिका-३ का वाङ्दी गुरुङको मृत्यु भएको हो ।
स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
झापामा केही वर्षयता जङ्गली हात्तीको आक्रमणबाट जङ्गल आसपासका बासिन्दाको मृत्यु हुने गरेको छ ।








