sevenstartv.com १ पुष २०८२, मङ्गलवार

सम्झनामा : नेपाली लोक संगितका एक धरोहर एल पि जोशी

१९ साउन २०८१, शनिवार स्वस्तिका पन्थी

काठमाण्डौ । एल पि जोशी अर्थात् लक्ष्मी प्रसाद जोशी । नेपाली लोक संगितका एक धरोहर । उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक हुन । धनकुटामा जन्मिएका जोशीका आफै संकलित गितहरु कालजयी भएका छन् । रिटिङ रिटिङ नबजाउ बिनायोबिनायोले मन मेरो छिनायो, ऐयाया ‘ आक्काका‘सान्नानी’, पुराना चर्चित पूर्वेली लोकगायक एलपी जोशीले गाएको यो गीत मन नपराउने सायदै कोही होलान् ।

 

नेपाली लोकसङ्गीतका पारखीहरुबीच लोकप्रिय गायकका रुपमा परीचित उनी पुराना गाउँ र बस्तीका गीतहरु गाएर नै चर्चाको शिखरमा पुग्न सफल भएका हुन् । नेपाली समाजको मैलिकतामा रहेर शब्द संकलन तथा सृजना गर्न माहिर उनका गीत पछिल्ला समयका युवा पुस्ताले नजाने पनि बुढापाकाको मुखमा झुन्डीएको छ ।

’‘रिटिङ रिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो‘ ।’’

२०१७ सालमा रेर्कड भएको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । सबैको जिब्रोमा झुण्डिएको छ । उनी जहाँजहाँ पुग्छन्, त्यहाँ यो गीत नगाई धरै पाउँदैनन् । ‘ओल्लो खोला, पल्लो खोला–कमिलोको गोलो ,भनेर हो रानाज्यू’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङमट्याङ्’, ‘खिपीमा खिपी बिनायो बाजा’जस्ता गीतहरु धेरै लोकप्रिय छन् । उनी यी गीतहरुलाई जीवनकै पर्याय मान्छन् ।

 

अझ सुखद पाटो सम्झने हो भने ‘रिटिङ रिटिङ नबजाऊ बिनायो गीत वरिष्ठ लोकगायक एल।पी। जोशी नामको पर्याय झैं बन्यो । उनले पहिलोपल्ट चर्चित महाकाव्य मुनामदनलाई गीतिनाटकका रुपमा मञ्चन गरेका थिए । २०१३ सालमा पहिलोपल्ट उनको गीत रेडियो नेपालमा रेर्कड भयो । पहिलो गीतले नै उनलाई गायकका रुपमा स्वीकृति दियो ।त्यो पनि त्यहाँ गीत गाउनका लागि उनले कुनै पनि ‘भ्वाइस टेस्ट’ को परीक्षा दिन परेन । सँगैका साथीहरुले स्वर परिक्षण गराए ।

 

पहिलोपल्ट गीत गाउँदा उनले ८ रुपियाँ पारिश्रमिक पाएका सँगैका साथीहरुले स्वर परिक्षण गराए । उतिबेला पनि उनी दरबारीया कार्यक्रमहरुमा गीत गाउँन जान्थे । एउटा कार्यक्रममा गीत गाउँदा ५० रुपियाँ पाउँथे । आफु गायनमा आउनुको श्रेय बुबालाई दिने एल पि प्रवेशीका परीक्षा छोडेरै गायनमा लागेका थिए । १७र१८ बर्षको कलिलो उमेरमै उनलाई रेडियो नेपालमा गीत गाउने अवसर मिल्यो । पहिलोपल्ट २०१३ सालमा प्रजातन्त्र दिवसको दिन गीत गाउने अबसर पनि प्राप्त गरे ।

 

राजनैतिक हिस्साका केही व्यक्ती सँग नजिक हुन पुग्दा भोगेको सार्वजानिक व्यईज्यतीलाई उनी कहिल्यै भुल्न नसक्ने हिस्सा सुनाईरहन्थे । बिपी कोईरालाका बिरुद्मा नारा लगाउदा अपमान पाए पनि पछी फेरी बिपिकै चुनावी प्रचारका लागी गित गाउदै हिडेका थिए । बिपि सँग मात्र हैन राजपरिवार सँग पनि नजिक थिए एल पि । बिशेषत राजा महेन्द्र सँग उनी नजिक थिए । उतीबेला राजदरबार भित्र हुने दोहोरी प्रतियोगितमा भाग लिनका लागी जाने गर्थे र केही खर्च लिएर फर्कने गर्दथे ।

 

दरबारमा हुने गरेका दोहोरी प्रतियोगितमा प्रथम भएकै कारण त्यही नाताले उनी बिदेश सम्म सांगेतिक कार्यक्रमका लागी सयर गर्ने मौका पाएका थिए । त्यसैको दौरान भन्नु पर्दछ २०२२ मा उनी सोभियत रुस गए । सांस्कृतिक आदनप्रदान कार्यक्रमअन्र्तगत त्यहाँ जाने अवसर मिलेको थियो । उनी शिवशंकर, कृष्णनारायण, तारादेवीसँगको टोलीमा त्यहाँ पुगे ।

 

यि कुरा गरि रहदा एल पि जोशीलाई मात्र गायकका रुप मात्रको चिनारीले पक्कै पनि पुग्दैन । नी एक कुशल चित्रकार पनि हुन् । उनी क्यानभासमा खेल्दथे । कोलाजमा रमाउँथे । राजा वीरेन्द्रको तस्विर आर्ट गर्दा राजा खुसी भएर उनलाई त्यतिबेला पनि १ हजार रुपियाँ पुरस्कार दिएका थिए, वीरेन्द्रले । उनले अरु थुप्रै क्यानभासहरु उतारेका थिए ।

 

उनी कलाकारितामा पनि पोख्त थिए। नेपालको दोस्रो चलचित्र ‘हिजोआजभोलि’मा उनले नेपालकी पहिलो नायिका भुवन चन्दसँग मूख्य भूमिकमा फिल्म पनि खेलेका छन् । किराँत नृत्यलाई पहिलोपल्ट राष्ट्रिय स्तरमा चिनाउने काम पनि उनैले गरे ।जिवन जिउने दौरानमा धनकुटाबाट दमक जादा उनले शिक्षण पेशा पनि गरे । उसो त उनले दमकलाई नै उनले कर्मथलो बनाए ।

 

गायन जीवनको लामो समय उनले मोफसलमै बिताए ।मोफसलमै बसेर उनले गीत र कविताको संयक्त सङ्ग्र्रह ‘अनावृत्त’ पनि प्रकाशन गरेका छन् । जीवनको उत्तराद्र्धमा उनी दमक बजारमा पसल गरेर जीवन चलाइरहेका थिए ।जीवनसंगी वृन्दाको हौसला र प्रेरणाकै कारण उनी जीवनमा सफल भएको साथी भाईसँग गफिदा जिन्दगीका रमाईला हिस्सा सुनाईरहन्थे ।

 

एक प्रेरणा दायक व्यक्तीत्व एल पि जोशीले ८८ बर्षको उमेरमा देहत्याग गरेका छन । झापाको विर्तामोडमा साँझ खाना खाएपछि अचानक बेहोस भएका थिए । उनको झापाको दमकस्थित घरबाट अस्पाल लानेक्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले लामो समयदेखि मधुमेहको औषधि खाँदै आएका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्