sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

९ महिनामा ८ लाख १६ हजार पर्यटकको आगमन

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा ७९ हजार १०० पर्यटक आएका थिए । सेप्टेम्बरमा ९६ हजार ३०५ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सेप्टेम्बरमा २८ हजार ६९४ पर्यटक आएका थिए । तर पनि सेप्टेम्बरमा नेपाल आउनेमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै हो । दोस्रोमा अमेरिकाबाट १० हजार ८४ जना आएका छन् ।

चीनका ८ हजार ४२, अस्ट्रेलियाका ५ हजार ३८, बेलायतका ४ हजार ४ सय ९३, बंगलादेशका ४ हजार १०३ लगायत देशका पर्यटक नेपाल आएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्