माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु, एक घाइते
काठमाडौं । माटोको ढिस्कोमा पुरिएर ताँजाकोट गाउँपालिकाको रोजगार शाखाका प्राविधिकसहित दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
आज बिहान दशैंका लागि सरसफाई र घर लिपपोत गर्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर ताँजाकोट गाउँपालिका रोजगार शाखाका २४ वर्षका प्राबिधिक धुर्ब शाही र सोही वडाकी करिव २४ वर्षीया मनसरा मल्लको मृत्यु भएको हो ।
माटोको ढिस्कोले पुरिएर सो वडा का वर्ष २६ का लालबहादुर शाही घाइते भएका हुन् ।








