sevenstartv.com १६ असार २०८३, मङ्गलवार

घन प्रहार गरी हत्या, एक जना पक्राउ

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । हरिनास गाउँपालिका-४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । 

घन प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । थापाले घरमा आरनमा फलामको काम गरिरहेका ५८ वर्षीय प्रेमबहादुर कामीलाई घनले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

घन प्रहार गर्ने थापालाई घनसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।  घटना के कसरी भयो सो सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।