बाढीपहिरोबाट हालसम्म २०४ जनाको मृत्यु
काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।
बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन् । ८९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।








