sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बाढीपहिरोबाट हालसम्म १९२ जनाको मृत्यु

१४ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । गत बिहीबार र शुक्रबारको अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ । ३१ जना बेपत्ता छन् । बाढीपहिरोमा परेका ३७ सय ५ जनाको उद्धार गरिएको छ । 

गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन् ।  १० जना बेपत्ता रहेका छन् ।  धादिङमा ३९ जनाले ज्यान गुमाएका छन् । ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०,  मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ ।

भक्तपुर, पाँचथर र सोलुखुम्बुमा ५/५, झापा, धनकुटा, महोत्तरी, सिन्धुली र रौतहटमा २र२ तथा सप्तरी, उदयपुर, रामेछाप र इलाममा १/१ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेंसी-९, झ्याप्ले खोला खण्डमा मात्र पहिरोले बस र माइक्रोबस पुर्दा ३५ जनाको मृत्यु भएको छ । घाइते भएका ९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।