sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

विपद्ब नागरिकलाई बचाउने काममा लाग्न निर्माण व्यवसायी महासंघकाे अपिल

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विपद्बत नागरिकलाई बचाउने काममा लाग्न अपिल गरेको छ । 

केही दिन यता अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा जुट्न आह्वान गरेको हो । महासचिव रोशन दाहालले महासंघको तर्फबाट प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

विपद्को घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ-आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न निर्माण व्यवसायीहरूलाई अपिल गरेको छ । पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष आग्रह गर्दै महासंघले सरकारको उद्धार तथा राहत अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै व्यवसायीलाई अनुरोध गरेको छ । 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्