sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बाढीपहिरोबाट १४८ जनाको मृत्यु

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।  बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म ५५ जना बेपत्ता भएका छन् । १०१ जना घाइते भएको प्रहरीले जनाएको छ । ३ हजार ६६१ जनाभन्दा बढीको उद्धार गरिएको छ ।

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ ।