sevenstartv.com १६ असार २०८३, मङ्गलवार

बाढीपहिरोको क्षतिप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्  । 

देशभर भएको भारी वर्षा र देशभर भएको क्षति प्रति एक सन्देश जारी गर्दै शाहले दुःख व्यक्त गरेका हुन् । साथै उनले पूर्वतयारी हुन नसक्दा बढी क्षति भोग्नुपरेको उल्लेख गर्दै पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन सरकार समक्ष माग राखेका छन् ।

‘यो बेला भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्वसूचना हुँदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्वप्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु निकै नै दःखद कुरा हो’सन्देशमा उल्लेख छ,’हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भूक्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ ।’