sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आइतबार बिहान १० बजे बस्ने गरी शनिबार राति नै सर्वदलीय बैठकको आह्वान गरेका थिए। 

सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्