sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कार्यवाहक प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आइतबार सर्वदलीय बैठक आह्वान गरेका छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने छ ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । 

यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सर्वदलीय बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बोलाइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्