कोशी ब्यारेजबाट नदीमा खसेको बस बाहिर निकालियाे
काठमाडौं । कोशी ब्यारेज पुलबाट हिजो यात्रु सहित नदीमा खसेको बस आज बाहिर निकालिएको छ । पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको थियो ।
विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो ।
बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको थियाे ।








