sevenstartv.com १६ असार २०८३, मङ्गलवार

राप्ती लोकमार्ग अवरुद्ध

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । निरन्तरको वर्षाले राप्ती लोकमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण तुलसीपुरको राम्रीबाट सल्यानको कपुरकोट खण्डमा सडक अवरुद्ध भएको हो । । सो स्थानमा सडक मर्मत भइरहेकाले काम प्रभावित बनेको छ । 

केही स्थानमा पहिरो खसेको र केही स्थानमा सडक भासीएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार आजदेखि १३ असोजसम्म सडक मर्मत हुने भएकाले तत्काललाई ठूला सवारीसाधन, टिपर र ट्रक सञ्चालनमा रोक लगाइएको छ । साना सवारिसाधन पहिरो पन्छाएर सञ्चालनमा ल्याइने जनाइएको छ ।