sevenstartv.com १६ असार २०८३, मङ्गलवार

वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । भारी वर्षाका कारण आन्तरिक उडान र अवतरण प्रभावित भएको छ । भिडिजबिलिटी कम हुँदा अधिकांस विमानको उडान तालिका प्रभावित भएको हो । 

सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएका छन् । विराटनगर र लुक्लाका सबैजसो उडान रद्द गरिएका छन् । 

धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरका उडान भने उडान अवतरण सामान्य छ । अन्तर्राष्ट्रिय उडान अवतरण भने सामान्य रुपमा भइरहेको छ । आज वर्षाकै कारण कुनै पनि माउण्टेन फ्लाइट भएका छैनन् ।