sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'कुलेखानी-फाखेल-काठमाडौं' सडक अवरुद्ध

११ असोज २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । हेटौँडा काठमाडौं जोड्ने छोटो दुरीको कुलेखानी-फाखेल-काठमाडौं सडक अवरुद्ध भएको छ । पहिरोका कारण उक्त सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो सडक खण्ड अन्तर्गत इन्द्र सरोवर गाउँपालिका(२ सुकौरामा पहिरो खस्दा सवारी आवागमन ठप्प भएको हो । सो स्थानको पहिरो हटाउन प्रहरी टोली परिचालन गरिएको र प्रहरीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।