sevenstartv.com १६ असार २०८३, मङ्गलवार

क्यान्सर सर्तकता दिवस मनाइँदै

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय क्यान्सर सर्तकता दिवस आज मनाइँदैछ । दिवसको अवसरमा देशैभर क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल स्थापना भएको दिन पारेर दिवस मनाउन थालिएको हो । यहि अवसरमा क्यान्सर अस्पतालले आज रजत महोत्सव पनि आयोजना गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले चितवनस्थित अस्तालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । 

चीन सरकारको सहयोगमा २०५६ सालमा स्थापना भएको यो अस्पतालको औपचारिक उद्घाटन २०५७ असोज १० गते भएको थियो । देशभित्रका क्यान्सरका बिरामीको ठूलो हिस्साले यही चितवनको क्यान्सर अस्पतालबाट उपचार सेवा लिइरहेको छ । अहिले क्यान्सर अस्पतालले सुर्खेतको प्रादेशिक अस्पताल, पोराको स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको सेती प्रादेशिक अस्पतालबाट पनि सेवा विस्तार गरेको छ । 

नेपालमा मुख्यतया फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन, पेट र पित्तथैलीको क्यान्सरका बिरामी धेरै भेटिन्छन् । पुरुष फोक्सो र पेटको र महिला पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबाट प्रभावित छन् ।