कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा अवरुद्ध भएको छ । मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक विभागसँगको समन्वयमा पहिरो हटाएर सवारीसाधन सञ्चालनको प्रयास जारी राखेको प्रहरीले जनाएको छ ।








