पाटन-पञ्चेश्वर सडक अवरुद्ध
काठमाडौं । पहिरोका कारणले बैतडीको पाटन पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । अर्तोला भन्ने ठाउँमा बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा तल्लो स्वराडसँगको सडक सम्बन्ध बन्द भएको छ । यसका साथै तल्लो स्वराडबाट बाहिरिने र भित्रिने सवारी तथा यात्रु बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।








