विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा ३ जना पक्राउ
काठमाडौं । विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका-९ सुन्थानका उज्ज्वल दाहाल पक्राउ परेका हुन् ।
उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ । उनीहरुलाई लुटिएका सामानसहित गएराति पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








