कपिलवस्तुको शुद्धोधन -१ का वडाध्यक्ष यादवको निधन
काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ । भारतको दिल्ली स्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको हो ।
मस्तिष्कको ट्युमरका कारण उनी दिल्लीको एपोलो अस्पतालमा उपचाररत थिए । ६८ वर्षीय यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडा अध्यक्ष निर्वाचित भएका थिए ।
यादवको निधनमा गाउँपालिकाले आज बिदा दिएको छ।








