sevenstartv.com १६ असार २०८३, मङ्गलवार

झापामा दुर्गा प्रसाईँको रिहाइ माग गर्दै आन्दोलन गर्ने युवा पक्राउ

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँको रिहाइ माग गर्दै आन्दोलनमा उत्रिएका झापाका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रसाईँलाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका अभियानका झापा संयोजक रामचन्द्र मैनाली र अञ्चल सदस्य अदुरेन राई रिहा भए लगत्तै प्रहरीले नागरिक प्रतिरक्षा बलका जिल्ला अध्यक्ष भीम तुम्बापोर, उपाध्यक्ष विजय चौधरिलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।