sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सर्वोच्चले माग्यो दुर्गा प्रसाईं पक्राउ गर्नुको कारण

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सर्वाेच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

दुर्गा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो । प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।