sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुर्गा प्रसाईँका समर्थक मुखमा टेप टाँसेर सडक प्रदर्शनमा

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दिनदिनै प्रदर्शन हुन थालेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले दुई दिनअघि पक्राउ गरेका उनलाई निशर्त रिहाइ माग गर्दै समर्थकहरूले काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शन गरिरहेका छन् ।

आज  लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपाल, चुरेभार राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाऊ महाअभियान नेपालले दुर्गा प्रसाईंको पक्षमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

प्रसाईंको पक्षमा उत्रिएकाहरूले मुखमा मास्क र त्यसमाथि कालो टेप लगाउँदै प्रदर्शन गरेका छन् । उनीहरूले ‘एक थोपो रगत रहुन्जेल केपी ओलीसँग लड्छु’ भनेर प्रसाईंले दिएको अभिव्यक्तिलाई प्रिन्ट गरेर प्रदर्शन गरेका छन् ।