sevenstartv.com १६ असार २०८३, मङ्गलवार

करेन्ट लागेर एक बालकको मृत्यु

८ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको मृत्यु भएको हो । घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको प्रहरीले बताएको छ ।

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।