sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुर्गा प्रसाईं अस्पताल भर्ना

७ असोज २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनी वीर अस्पताल भर्ना भएको हुन् । 

उच्च रक्तचापसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरेर उपचार गर्नु परेको वीर अस्पताल स्रोतले जनाएको छ । काठमाडौं जिल्ला अदालतले साइबर क्राइमसम्बन्धी उजुरीमा साइबर ब्युरोले पक्राउ गरेपछि प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले हिजो अनुमति दिएको थियो ।

प्रसाईं पक्राउ परेलगत्तै प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो।