टोखाको गहना पोखरीमा डुबेर एक बालिकाको मृत्यु
काठमाडौं । टोखाको गहना पोखरीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका-६ टोखा बजार नजिकै रहेको गहना पोखरीमा डुबेर गुराँस सहनीको मृत्यु भएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-३ घर भई आमा दुर्गा सहनीसँग टोखा-८ जल्पा चोक बस्दै आएकी बालिका आइतबार दिउँसो पोखरीमा डुबेकी थिइन् ।उनको आइतबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।








