sevenstartv.com १६ असार २०८३, मङ्गलवार

क्यानडा पठाउँछु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ

६ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । क्यानडा पठाउँछु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  गोरखा आरुघाट नगरपालिका वडा नम्बर-१० घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका बस्ने ३४ वर्षीय रामहरि भण्डारी पक्राउ परेका हुन् । 

भण्डारीले दुई जना पीडितबाट १८ लाख ३५ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको जनाइएको छ । भण्डारीलाई कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले बताएको छ ।