चौथो खेलमा पनि अपराजित यात्रा कायम राख्ने पुलिसकाे लक्ष्य
काठमाडौं । माल्दिभ्समा जारी काभा महिला क्लब च्याम्पियनसिपमा अपराजित नेपाल पुलिस क्लबले आज चौथो खेल खेल्ने भएको छ । पुलिसले आज माल्दिभ्सको क्लब वाम्कोसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति ९ बजे सुरु हुनेछ ।
पुलिस आजको खेल पनि जितेर अपराजित यात्रा कायमै राख्ने दाउमा छ । मंगलबार भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
जितसँगै ३ खेलबाट ९ अंक जोडेको पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ । यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंकाको श्रीलंका वायु सेना दुवै टोलीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
नेपाल अपराजित रहँदै ९ अंकका साथ शीर्षमा रहँदा उज्वेकिस्तानको हुमो ६ अंकका साथ दोस्रो स्थानमा छ । माल्दिभ्सको क्लब हुमोको ६ अंक रहेको छ ।

.gif)