नेपाल र ओमानबीच प्रतिस्पर्धा
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिज अन्तर्गत क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम र ओमानबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
ले आज ओमानसँग खेल्ने भएको छ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समय अनुसार राति ९ बजे हुनेछ ।
सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले चार र ओमानले ३ खेल जितेको छ ।
नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।

.gif)