अपराजित यात्रा कायम राख्ने पुलिसकाे लक्ष्य
काठमाडौं । एन्फा महिला लिगमा अपराजित विभागीय नेपाल पुलिसले चन्द्रपुर नगरपालिकासँग खेल्ने भएको छ । खेल सातदोबोटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा मध्यान्ह १२ः३० मा सुरु हुनेछ ।
पुलिस पाँच खेलमा ११ अंकका साथ तेस्रो स्थानमा छ । चन्द्रपुरलाई हराउन सके पुलिस दोस्रो स्थानमा उक्लिने छ । चन्द्रपुर दोस्रो जितको खोजीमा छ । चन्द्रपुर पाँच खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।
प्रतियोगिता अन्तरगत आजै कर्णाली र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्दैछन् । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । कर्णाली पाँच खेलबाट एक अंकका साथ नवौं स्थानमा छ ।
पाँचै खेलमा पराजय ब्यहोरेको सुदूरपश्चिमले अंकको खाता खोल्न सकेको छैन ।

.gif)