sevenstartv.com ५ पुष २०८२, शनिवार

नेपाल पुलिस क्लबले आज ताजकिस्तानको डाइमेड क्लबसँग भिड्ने

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपमा नेपाल पुलिस क्लबले आज ताजकिस्तानको डाइमेड भलिबल क्लबसँग खेल्ने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ । 

माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको अघिल्ला दुवै खेलमा जित निकालेको पुलिसले ६ अंक जोडेको छ । विभागीय टोली नेपाल पुलिस क्लब लगातार तेस्रो जितको खोजीमा छ । 

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब र श्रीलंका एयर फोर्सलाई समान ३–० को सेटमा पराजित गरेको थियो । डाइमेड भने जितविहिन छ । यसअघि डाइमेडले माल्दिभ्स पुलिस क्लब तथा हुमोसँग समान ३–० को सोझो सेटमा हार ब्यहोरेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्