नेपालकाे पुलिस क्लब र श्रीलंकाको पुलिसबीच प्रतिस्पर्धा
काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा आज पुलिस क्लब र श्रीलङ्काको पुलिस क्लबबीच प्रतिस्र्धा हुने भएको छ ।
माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । हिजोदेखि शुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।
पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । तेस्रो खेलमा पुलिसले भोलि ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आगामी बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

.gif)