sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिग फुटबल : एपीएफ क्लबसँग कर्णाली प्रदेश पराजित

३० भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आजको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदैनमा भएको खेलमा एपीएफले कर्णालीलाई ६-० गोलले हराएको हो ।  एपीएफका लागि रश्मीकुमारी घिसिङले २ तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे ।

यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ । आज दोस्रो खेलमा बाग्मती युथ क्लब र रौतहटको चन्द्रपुर नगरपालिका भिडिरहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्