sevenstartv.com १६ असार २०८३, मङ्गलवार

शिक्षक लक्ष्मण केसीको समन्वयमा विद्यार्थीहरुलाई ट्र्याक सुट वितरण

२७ भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । दोलखा जिल्ला तामाकोशि गाउँपालिका वडा नं-१ मा रहेको भीमेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई  शिक्षक लक्ष्मण केसीको समन्वयमा ट्र्याक सुट वितरण गरिएको छ ।

दलित र जनजाति विद्यार्थीको बाहुल्यता भएको विद्यालयका ४० जना छात्रा छात्रलाई सयपत्री ग्रुप सुख दु :ख को साथी नामक संस्थाबाट सङ्कलित ४६ हजारको ट्र्याक सुट कपडा खरिद गरी वितरण गरिएको  हो । शिक्षक लक्ष्मण केसीका अनुसार विद्यालयको एक कार्यक्रमका माझ संस्थाका अध्यक्ष अनन्त लम्साल र उपाध्यक्ष दिनेश खड्काले विद्यार्थीहरुलाई ट्र्याक सुट कपडा वितरण गरेको हुन् ।

शिक्षक  केसीको समन्वयमा ट्र्याक सुट वितरण गरिएको  तेस्रो पटक हो । यो भन्दा अगाडी पहिलो पटक केसीका साथी विनोद खड्काको सहयोगमा विद्यार्थीहरुलाई  जाडोका सामान टोपी, मोजा ,पन्जा, मफलर र सल सामान  वितरण गरिएको थियो भने । दोस्रो पटक केसीकै पहलमा  हिमालय लाइफ इन्स्योरेन्सको  सञ्चालक समितिकी निर्देशक प्रमीला केसीको सहयोगमा विद्यार्थी र शिक्षकलाई ज्याकेट र सुरुवाल वितरण गरिएको थियो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्