पौडी खेल्ने क्रममा डुबेर भारतीय नागरिकको मृत्यु
काठमाडौं । पोखरामा पौडी खेल्ने क्रममा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशस्थित लखनउ घर भएका २३ वर्षीय देवान सिंहको मृत्यु भएको हो ।
आज दिउँसो करिब साढे एक बजेको समयमा पोखरा महानगरपालिका–१७ पावर हाउसस्थित रिसोर्टको स्विमिङ पुलमा डुबेर मृत्यु भएको हो । पोखरा भ्रमणमा आएका उनी अचानक पानीमा डुबेको र नजिकै रहेका साथीले देखेर तत्कालै पानीबाट बाहिर निकालिएको थियो ।
लगत्तै उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा अपराह्न करिब चार बजेको समयमा उनको मृत्यु भएको बताइएको छ । मृतक सिंहको शवको मणिपाल शिक्षण अस्पतालमा पोस्टमार्टमपश्चात उनका बुबा रुकमेन्द्र प्रताब सिंहलाई जिम्मा लगाइएको छ ।








