पनौतीमा एक महिला मृत फेला
काठमाडौं । काभ्रेपलान्चोकको पनौती नगरपालिका-४ मा एक महिला मृत फेला परेकी छन् ।
मंगलबार पनौती नगरपालिका-४ दुधमिल पछाडि खेतको आली छेउमा बनेपा नगरपालिका-११ सल्ले घर भई सोही नगरपालिका-४ डेरा गरी बस्ने वर्ष ३५ की शान्ति तामाङ मृत फेला परेकी हुन् ।
मृतकको छोरा सञ्जय तामाङले उनको पहिचान गरेको प्रहरीले जनाएको छ । घटनबारे थप अनुसन्धान भइरहेको छ।








