sevenstartv.com १६ असार २०८३, मङ्गलवार

'सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर बनाउँछौँ'

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँमा ट्रमा सेन्टर बनाउन काम गरिरहेको बताएका छन् ।

आज मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा उनले धेरै सडक दुर्घटना भइरहेका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल भइरहेको बताएका हुन् ।

उनले भने‚ ‘रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको छ। यसको कानुन बनाउनै बाँकी छ। यसलाई फास्ट ट्रयाकबाट कसरी लैजान सकिन्छ भनेर सोचिरहेको अवस्था छ। विभिन्न दुर्घटना भइरहने ठाउँमा ट्रमा सेन्टरको अवधारणामा काम गरिरहेका छौँ। खाल्डाखुल्डी रहित नेपाल बनाउने अभियानमा हामी लागेकै अवस्था छ ।’

मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गरे । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्