sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिग आजदेखि तेस्रो चरणका खेल

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । 

आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले खेल्दैछन् ।  यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।

कोशी यसअघिका दुवै खेल जित्दै छ अङ्कका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अङ्कसहित आठौँ स्थानमा छ । यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा बागमती युथ क्लब र नेपाल पुलिस क्लबले खेल्नेछन् ।

पुलिस क्लब चार अङ्कसहित दोस्रो स्थानमा र बागमती युथ क्लब तीन अङ्कसहित चौथो स्थानमा छ । एन्फा महिला फुटबल लिगमा १० वटा टोली सहभागि छन् ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्