sevenstartv.com ११ साउन २०८३, सोमवार

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद

५ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव बरामद भएको छ ।

बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी भएको अवस्थामा प्रहरीले एक जना पुरुषको शव फेला पारेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गाडीबाट पुरुषको शव निकालिएको हाे ।

प्रहरीका अनुसार आगलागी भएको उक्त गाडी नबिल बैंकको नाममा रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण तथा मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्