sevenstartv.com ३० जेठ २०८३, शनिवार

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन

१८ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं  । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री  बालेन शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभिव्यक्ति दिएकाे भन्दै  नेपाल विद्यार्थी संघ नेविसंघले साेमबार  सिंहदरबारको दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेको छ ।

नेविसंघका युवा नेताहरू आदित्य कुमार दास, राजकुमार बस्नेत, अर्जुन कार्की, दिनेश कार्की, मोहन कालाठोकी तथा गौरव पाण्डेको नेतृत्वमा सम्पन्न प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता तथा ऐतिहासिक तथ्यप्रति प्रश्न उठाएको आरोप लगाए  । प्रदर्शनकारीहरूले नेपालको एक इन्च भूमि पनि कसैको दयाले नभई नेपाली जनताको बलिदान, संघर्ष र राष्ट्रिय एकताले सुरक्षित रहेको भन्दै सरकारलाई आफ्नो अभिव्यक्तिप्रति स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन् ।

नेविसंघका नेताहरूले राष्ट्रहित र राष्ट्रिय अस्मितासँग जोडिएका विषयमा जिम्मेवार पदमा रहेका व्यक्तिहरूले संवेदनशील र तथ्यपरक अभिव्यक्ति दिनुपर्ने बताएका छन् ।  प्रदर्शनका क्रममा राष्ट्रियता पक्षधर नाराबाजी समेत गरिएको थियो ।।

यो पनि पढ्नुहोस्