sevenstartv.com ११ जेठ २०८३, सोमवार

कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस , हेलिकप्टरमार्फत सुर्खेत उद्धार

८ जेठ २०८३, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन् । बेहोस हुनेहरूमा जवान बलबहादुर बस्नेत,गणेश रावत,मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहेका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, बेहोसमध्ये ५ जनाको अवस्था गम्भीर छ । गम्भीर रहेका ५ जनालाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारका लागि सुर्खेत लगिएको उनले बताए। टिकापुरस्थित सशस्त्र प्रहरीको राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोस भएको बताइएको छ ।


उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्