ट्राफिकले गरे कारबाही,६ लाख ४१ हजार राजस्व सङ्कलन
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु ६ लाख ४१ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८६ नियमविपरीत राइड सेयरिङ गरेका १७० ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १४८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १३९ जनालाई कारबाही गरिएको हो ।
यसैगरी लेन अनुशासन पालना नगर्ने ९४ निषेधित क्षेत्रमा हर्न बजाउने १०८ सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १३८ एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य सवारी नियम पालना नगरेका एक हजार हजार १२५ जनालाई कारबाही गरिएको हो ।
