सुनको चाँदी मूल्य वृद्धि , आज कतिमा हुँदैछ कारोबार
काठमाडौंं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँ तोकिएको हो।
हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै गरी आज १० ग्राम सुनको मूल्य २ लाख ५४ हजार ४६० रुपैयाँमा कायम गरिएको छ। सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ ।
महासंघका अनुसार चाँदी आज प्रतितोला १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो । आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३३४ रुपैयाँ रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको महासंघले जानकारी दिएका छन् ।
