sevenstartv.com १४ असार २०८३, आइतवार

आज सुनको भाउ सामान्य गिरावट, चाँदीको बढ्यो

२१ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । आज सुनको भाउ तोलामा सामान्य घटेको छ । सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुन तोलामा ३ सय रुपैयाँले  घटेर दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने २० रुपैयाँ बढेको छ । 

चाँदी तोलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।