sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

वर्तमान चुनौतीलाई पार लगाउन ओलीको  सन्देश

९ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् ।

अस्वस्थ भएर घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका थिए । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाए । निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले,’ ओलीले पठाएको सन्देश सुनाउँदै बालेनले भने, ‘मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको मार्गमा डोर्‍यायो । नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ ।’

उनले आजको समयमा चुनौतीलाई पार गर्न पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने अवस्था रहेको बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्